डिजेल छोडौं, Wuling सँग नाफा बढाऔं

Wuling इलेक्ट्रिक भ्यानप्रति नेपाली ग्राहकहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको कम्पनीले दाबी गरेको छ । “डिजेल छोडौं, Wulingसँग नाफा बढाऔं” भन्ने सोचसहित, नेपालमा व्यावसायिक यातायात क्षेत्रमा नयाँ परिवर्तन ल्याउँदै SAIC–GM–Wuling (SGMW) को Wuling 12+2 सिटर इलेक्ट्रिक कमर्शियल भ्यान नेपाली बजारमा एक विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै गएको छ।

विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल Wuling अब नेपाली सडकमा पनि व्यवसायिक प्रयोगकर्ताहरूको पहिलो रोजाइ बन्दै जाने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमै विश्वास जितिसकेको यस ब्रान्डले नेपालमा पनि छिट्टै उल्लेखनीय सफलता हासिल गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। Wuling हाल विश्वका 100 भन्दा बढी देशहरूमा 3 करोडभन्दा बढी सन्तुष्ट ग्राहकसहित, शीर्ष(Top) 6 EV निर्माता कम्पनीहरू मध्ये एकको रूपमा परिचित छ। साथै, यो ब्रान्ड G20 तथा ASEAN Summit जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूको आधिकारिक पार्टनर रहिसकेको र विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यो इलेक्ट्रिक कमर्शियल भ्यानले नेपालमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। सन् 2026 जनवरीदेखि बिक्री सुरु गरिएको यस मोडलका हालसम्म 100 भन्दा बढी युनिट बिक्री भई सफलतापूर्वक नेपाली सडकमा सञ्चालनमा आइसकेका छन्।

किन रोज्ने Wuling 12+2 इलेक्ट्रिक कमर्शियल भ्यान ?

रेन्ज र ब्याट्री क्षमता:

यस Wuling कमर्शियल भ्यानमा 41.9 kWh क्षमताको अत्याधुनिक ब्याट्री प्रयोग गरिएको छ, जसमा Wuling रेड नम्बर 1 (Red No.1) ब्याट्री प्याक प्रविधि समावेश गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा करिब 302 किलोमिटरसम्म (NEDC) को रेन्ज प्रदान गर्छ। IP68 वाटरप्रूफ तथा उच्च सुरक्षा मापदण्डसहितको ब्याट्री प्रणालीले दीर्घकालीन भरपर्दो प्रदर्शन सुनिश्चित गर्छ। करिब 4,000+ चार्ज साइकलको क्षमतासहित, यसमा Regenerative Braking प्रविधि पनि समावेश गरिएको छ। साथै, 6 वर्षको ब्याट्री वारन्टी र 5 वर्षको मोटर वारन्टीले व्यवसाय सञ्चालनमा पूर्ण आत्मविश्वास प्रदान गर्छ।

मोटर पावर र चार्जिङ सुविधा:

75 kW पावरफुल मोटर र Rear-Wheel Drive (RWD) सिस्टमले उत्कृष्ट प्रदर्शन दिन्छ। उच्च दक्षताका कारण डिजेल गाडीको तुलनामा इन्धन तथा मर्मत खर्चमा 80% सम्म बचत सम्भव छ। DC फास्ट चार्जिङ सुविधामार्फत करिब 30 मिनेटमै 30% देखि 80% सम्म चार्ज गर्न सकिन्छ।

डिजाइन र आराम:

नेपाली सडकलाई ध्यानमा राख्दै 266 mm को उच्च ग्राउन्ड क्लियरेन्ससहित डिजाइन गरिएको यो भ्यानमा प्रिमियम र लक्जरी सिटिङ व्यवस्था गरिएको छ। आधुनिक इन्टेरियर, 10.1 इन्च इन्फोटेनमेन्ट सिस्टम, Apple CarPlay सपोर्ट, र सुरक्षित यात्राका लागि ABS तथा रियर क्यामेरा जस्ता सुविधाहरू उपलब्ध छन्।

फाइनान्स र सेवा सुविधा:

यो गाडीमा 60% सम्म सहज फाइनान्स सुविधा उपलब्ध छ, जसले व्यवसाय सुरु गर्न चाहने ग्राहकहरूलाई अझ सहज बनाएको छ। साथै, काठमाडौं, इटहरी, चितवन, बुटवल लगायत देशका प्रमुख शहरहरूमा बलियो सर्भिस नेटवर्क, दक्ष प्राविधिक टोली र ओरिजिनल स्पेयर पार्ट्सको पूर्ण उपलब्धता सुनिश्चित गरिएको छ।

नयाँ मोडलहरू (Upcoming):

कम्पनीले निकट भविष्यमा Extended Range Electric Vehicle (REEV) प्रविधिमा आधारित नयाँ मोडलहरू पनि ल्याउने तयारी गरिरहेको छ, जसले 400+ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ। यसले लामो दूरीका यात्रालाई अझ सहज र प्रभावकारी बनाउने छ।

यससँगै, कम्पनीले प्यासेन्जर सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने उद्देश्यका साथ व्यक्तिगत तथा पारिवारिक प्रयोगका लागि उपयुक्त प्रिमियम इलेक्ट्रिक भेहिकलहरू पनि नेपाली बजारमा चाँडै ल्याउने तयारी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *