हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो लोकप्रिय प्रिमियम ह्याचब्याक हुन्डाई आई २० को बिक्रीमा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ। हुन्डाईको यो आई २० एसयूभीले १८ वर्षको यात्रामा १५ लाखभन्दा बढी बिक्रीको नयाँ कीर्तिमान कायम गरेको हो ।
हुन्डाईले आई २० लाई अझ आकर्षक बनाउन एन लाइन र नाइट संस्करण पनि बजारमा उपलब्ध गराएको छ। यी मोडल विशेषगरी स्पोर्टी डिजाइन र आकर्षक ब्ल्याक थिम मन पराउने ग्राहकलाई लक्षित गरी विकसित गरिएको छ।
यसमा १.२ लिटर कप्पा पेट्रोल इन्जिन जडान गरिएको छ, जसलाई ५ स्पिड म्यानुअल गियरबक्स र एआई ट्रान्समिसनसँग जोडिएको छ। त्यस्तै, एन लाइन भेरिएन्टमा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन जडान गरिएको छ, जसलाई ६ स्पिड म्यानुअल र ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनसँग उपलब्ध रहेको छ ।
यसका सबै भेरिएन्टमा ६ वटा एयरब्याग, २६.०३ से.मी.१०.२५ इन्च एचडी टचस्क्रिन इन्फोटेनमेन्ट तथा नेभिगेसन सिस्टम, भ्वाइस कमान्डमार्फत सञ्चालन हुने स्मार्ट इलेक्ट्रिक सनरुफ, वायरलेस मोबाइल चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले (वायर्ड–टु–वायरलेस एडाप्टरमार्फत), ६० भन्दा बढी ब्लुलिंक कनेक्टेड स्मार्ट फिचरहरू, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी), बोसको प्रिमियम ७–स्पिकर अडियो सिस्टम, इन–बिल्ट ड्यासक्याम, टायर प्रेसर मोनिटरिङ सिस्टम (उच्च भेरिएन्टमा) र अन्य धेरै अत्याधुनिक तथा प्रिमियम सुविधाहरू समावेश गरिएको छ ।