गाडीमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु

राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए । उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक चालकको सनाखत भने हुन बाँकी छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। पछि घटनास्थलमा दमकल समेत पुगेको थियो।

गाडीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *