काठमाडौं महानगरपालिका भित्र दर्ता भएका र हुने बाँकी सबै सवारी साधनका शोरुमहरूले वार्षिक ५० हजार रुपैयाँ व्यवसायिक कर तिर्नु पर्ने भएको छ । महानगरले चालु आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐन २०८३ मार्फत व्यवसाय करका दर तोकेको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र संचालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरण शुलक तोकेको छ । को दर तोकिएको छ । करका विधा वर्गीकरण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी, आर्थिक कारोबार र कार्य क्षेत्रलाई आधार मानिएको छ ।
आर्थिक ऐन अनुसार महानगर भित्र संचालन हुने सवारी साधनको पार्टपुर्जा, टायरट्युब, हेलमेट आदि थोक बिक्री १० हजार, सवारी साधनको पार्टपुर्जा, टायर ट्युब, हेलभेट आदि खुद्रा बिक्री ९५०० वर्गफिटसम्म क्षेत्रफल ओगटेको० ३ हजार, सवारी साधनको पार्टपुर्जा, टायरट्युब, हेलभेट आदि खुद्रा बिक्री ९५०० वर्गफिट भन्दा बढी क्षेत्रफल ओगटेको०का लागि ५ हजार रुपैयाँ कर तोकेको छ ।
त्यस्तै, गाडी डेकोरेशन ९नयाँ र पुरानो गाडीको सिट कभर, लाइटिङ, क्यामेरा लगायतका उपकरण जडान गर्ने०लाई ५ हजार, सबै किसिमका मोटर बिक्री शोरुमलाई ५० हजार, रिकण्डिसन चारपाँग्रे सवारी साधन बिक्री कक्ष र सबै किसिमका मोटरसाइकल बिक्री शोरुमलाई २५ हजार, विद्युतीय सवारी साधनमा ब्याट्री रिप्लेस गर्ने व्यवसायलाई ७ हजार, विद्युतीय सवारी साधन मात्र बिक्री शोरुम ९बस, कार०लाई ५० हजार, रिकण्डिसन मोटरसाइकल खरिद बिक्रीलाई १० हजार र साइकल बिक्रेतालाई ३ हजार रुपैयाँ व्यवसाय कर तोकेको छ ।
त्यस्तै, महानगरले पेट्रोलर पम्प ९प्रति डिस्पेन्सर० १० हजार रुपैयाँ, विद्युतीय सवारी साधन चार्जिङ स्टेसन ९प्रतिमेसिन० २ हजार ५०० रुपैयाँ, ड्राइभिङ सेन्टरलाई सवारीको प्रकृति हेरी ३ हजारदेखि ७ हजार रुपैयाँसम्म, राइड सेयरिङ र मालसामान ढुवानी व्यवसायलाई १० हजार रुपैयाँ, गाडी भाडामा सञ्चालन गर्ने व्यवसायलाई ३ हजार, साइकल र मोटरसाइकल भाडामा लगाउने व्यवसाय ९१५ वटासम्म० १५०० र १५ वटा भन्दा बढीलाई २ हजार ५०० रुपैयाँ व्यवसाय कर तोकेको छ ।
उक्त करका दर यही साउन १ गतेदेखि लागू भइसकेको छ । महानगरले यस अघि जुनसुकै समयबाट संचालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरूको व्यवसाय कर मिनाहा गरिदिने भएको छ ।
त्यसैगरी, भूमिगत तथा मेकानिकल पार्किङ व्यवसाय ९२५ गाडी पार्किङ क्षमता भएको०लाई ५ हजार, २५ गाडी भन्दा बढी पार्किङ क्षमता भएकोलाई ८ हजार, खुला स्थानमा पार्किङ व्यवसाय ९२५ गाडी पार्किङ क्षमता भएको० १० हजार र खुला स्थानमा पार्किङ व्यवसाय ९२५ गाडी भन्दा बढी पार्किङ क्षमता भएको०लाई १५ हजार रुपैयाँ कर तोकेको छ ।
महानगरपालिका क्षेत्रभित्र व्यवसाय दर्ता नगरेका व्यवसायीहरूले असोज मसान्तभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता गरिसक्नुपर्नेछ । सो अवधिभित्र व्यवसाय दर्ता नगरेमा १ हजार रुपैयाँ जरिवाना गरी वार्षिक तोकिएको शुल्क दस्तुर लिई व्यवसाय दर्ता गरिने आर्थिक ऐनमा उल्लेख छ ।