नयाँ टीभीएस क्यालिस्टो ११० सार्वजनिक

टीभीएस मोटर्सले इन्डोनेसियाली बजारमा नयाँ क्यालिस्टो ११० स्कुटर सार्वजनिक गरेको छ।

दैनिक यात्रालाई सहज र सुविधाजनक बनाउने उद्देश्यले ल्याइएको स्कुटरमा आधुनिक प्रविधि, फराकिलो स्टोरेज र विभिन्न सुरक्षा फिचर समावेश गरिएको छ।

कम्पनीले क्यालिस्टो ११० मा नयाँ इन्जिनसहित इन्टिग्रेटेड स्टार्टर जेनेरेटर प्रविधि प्रयोग गरेको छ।

स्कुटरमा उपलब्ध ‘स्टप–गो’ सिस्टमले ट्राफिक जाममा इन्जिन स्वतः बन्द गर्नेछ।

यसबाट इन्धन खपत घट्नुका साथै माइलेज कम्तीमा १० प्रतिशतसम्म बढाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

स्कुटरको सिटमुनि ३३ लिटर क्षमताको स्टोरेज स्पेस दिइएको छ। उक्त स्थानमा दुईवटा हाफ हेलमेट सहजै राख्न सकिने जनाइएको छ।

त्यस्तै, फ्रन्ट फ्युल फिलिङ सिस्टम, मोबाइल चार्जिङका लागि यूएसबी पोर्ट, लामो तथा आरामदायी सिट र एडजस्ट गर्न मिल्ने रियर सस्पेन्सन पनि यसका प्रमुख विशेषता हुन्।

सुरक्षालाई प्राथमिकता दिँदै नयाँ क्यालिस्टो ११० मा इमर्जेन्सी ब्रेक सिग्नल र अटो अफ टर्न सिग्नल उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार यी प्रविधिले चालकको सुरक्षा बढाउनुका साथै सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग गर्नेछन्।

इन्डोनेसियामा टीभीएस क्यालिस्टो ११० चार आकर्षक रङ विकल्पमा बिक्री हुनेछ।

यसको मूल्य करिब २०.९ मिलियन इन्डोनेसियाली मुद्रा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *