बजेट घोषणापछि लिपमोटरकाे बुकिङ र डेलिभरीमा उल्लेख्य वृद्धि

काठमाडौं। सरकारले हालै सार्वजनिक गरेको बजेटपछि शाङ्ग्रिला मोटर्सद्वारा नेपालमा वितरण हुँदै आएको विद्युतीय सवारी ब्रान्ड लिपमोटर (Leapmotor) का प्रिमियम विद्युतीय एसयूभी बी१० (B10) र सी१० (C10) को बुकिङ तथा डेलिभरीमा उल्लेख्य वृद्धि भएको छ। 

कम्पनीका अनुसार बजेट घोषणापछि ग्राहकको आकर्षण बढेसँगै नयाँ अर्डरको संख्या उल्लेख्य रूपमा बढेको छ भने सवारी हस्तान्तरण पनि तीव्र गतिमा भइरहेको छ। यसले सुरक्षित, लामो रेन्ज र प्रतिस्पर्धी मूल्यमा उपलब्ध विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो रुचिलाई प्रतिबिम्बित गरेको कम्पनीको दाबी छ।

हाल लिपमोटरको बजार आकर्षणको प्रमुख आधार सी१०, जसले प्रिमियम लक्जरी एसयूभीको अनुभव प्रदान गर्छ, र बी१० रहेको कम्पनीले जनाएको छ। बी१० को मूल्य हाल ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ, जुन यसअघिको ५९ लाख ९९ हजार रुपैयाँ (करिब ६० लाख रुपैयाँ) को तुलनामा ५ लाख रुपैयाँले कम हो।

बी१० र सी१० दुवै मोडलले युरो एनक्याप (Euro NCAP) को प्रतिष्ठित ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेका छन्, जसले यात्रुको उच्चस्तरीय सुरक्षाको सुनिश्चितता प्रदान गर्ने कम्पनीको भनाइ छ। साथै, बी१० मा ६०० किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज, स्पेयर टायर तथा दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासमेत सहज बनाउने विभिन्न आधुनिक सुविधाहरू उपलब्ध छन्।

कम्पनीका अनुसार बजेटपछिको यो उत्साहजनक बजार प्रतिक्रिया आगामी लिपमोटर बी०३ (B03) का लागि पनि सकारात्मक संकेत हो। विश्वव्यापी रूपमा स्टेलान्टिस (Stellantis) को रणनीतिक साझेदारीबाट समर्थित लिपमोटरले नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै भरपर्दो विद्युतीय गतिशीलता समाधान उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *