चिनियाँ अटोमोबाइल जायन्ट क्युजे मोटो (QJ Motor) ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो नयाँ ‘SRK 421 RR’ सार्वजनिक गरेको छ।
यो शक्तिशाली बाइकले प्रख्यात कावासाकी निन्जा ZX-4RR सँग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ।
दमदार ४-सिलिन्डर इन्जिन:यस बाइकमा ४२१ सीसीको इनलाइन ४-सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले ७६ बीएचपी पावर र ३९ एनएम टर्क उत्पादन गर्छ, जुन निन्जा ZX-4RR को क्षमतासँग मिल्दोजुल्दो छ।
किफायती मूल्य:क्युजे मोटोको यो नयाँ मोडल कावासाकीको तुलनामा निकै सस्तो मूल्यमा उपलब्ध गराइएको छ। युरोपेली बजारमा यसको मूल्य करिब ५,२९९ पाउन्ड (८.७५ लाख नेपाली रुपैयाँ हाराहारी) तोकिएको छ।
अत्याधुनिक फिचर्स:यसमा ७-इन्चको ठूलो टीएफटी स्क्रिन, स्मार्टफोन कनेक्टिभिटी र दुईवटा राइडिङ मोडहरू दिइएको छ। साथै, सुरक्षाका लागि ट्र्याक्सन कन्ट्रोल र एबिएस (ABS) को सुविधा पनि उपलब्ध छ।
हल्का र छरितो:यो बाइक आफ्नो प्रतिस्पर्धी निन्जाभन्दा करिब १२ केजी हलुका छ, जसले गर्दा यसको गति र सन्तुलन अझ उत्कृष्ट हुने दाबी गरिएको छ।
प्रिमियम पार्टपुर्जाहरू:यसमा मार्जोकी (Marzocchi) सस्पेन्सन र ब्रेम्बो (Brembo) डिस्क ब्रेकहरू प्रयोग गरिएका छन्, जसले बाइकलाई प्रिमियम र सुरक्षित बनाउँछन्।
क्युजे मोटोको यो नयाँ कदमले ४०० सीसी खण्डका स्पोट्र्स बाइक प्रेमीहरूका लागि कम मूल्यमा उच्च प्रविधि र शक्तिशाली प्रदर्शनको नयाँ ढोका खोलेको छ।