नामसारी प्रक्रिया सरल बनाउने माग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सवारीसाधनको स्वामित्व नामसारी (हस्तान्तरण) प्रक्रिया सरल बनाउन यातायात विभागसँग ध्यानाकर्षण गराएको छ।

अहिले सवारीको नामसारीका लागि अनिवार्य रूपमा काठमाडौंमा ल्याएर भौतिक परीक्षण गर्नुपर्ने व्यवस्था व्यवसायीलाई झन् झन्झटिलो र समय लाग्ने भएकोले त्यसलाई न्यून गर्न पहल गर्न भनिएको हो।

व्यवसायीहरूले सवारी रहेको स्थानमै परीक्षण गर्ने र सम्बन्धित प्रदेश कार्यालयमार्फत प्रमाणीकरण गर्न मिल्ने प्रणाली बनाउन माग गरेका छन्।

त्यस्तै, हालको प्रक्रियाले अनावश्यक ढुवानी खर्च र प्रशासनिक कठिनाइ ल्याइरहेको छ भनी सुधार गर्न आग्रह गरिएको छ।

नाइमाले सवारी दर्ता तथा नामसारीमा भइरहेको ढिलाइ, र नयाँ सवारीमा वर्ष नभए पनि कर लाग्ने विषयलाई समेत सम्बोधन गर्न विभागसँग सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *