रामेछापमा चुनाव सामग्री दुर्घटना

रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ र सातजना घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि मन्थली अस्पताल लगिएको छ।

गाडीमा ११ जना सवार थिए, जसमा तीनजना दुर्घटनाको बेलामा हामफालेका थिए।

मतदान सामग्री तथा कर्मचारी लिएर मन्थलीबाट कालिका देवी र देउराली माध्यमिक विद्यालय तर्फ जाँदै गर्दा गाडी करिब २०० मिटर तल खसेको छ।

उद्धारकार्यमा सशस्त्र प्रहरी बलको टोली काममा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *