नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रा.लि.ले ‘महिन्द्रा केयरफेस्ट २०८२: सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ अभियानअन्तर्गत बम्पर उपहार विजेताको घोषणा गरेको छ।
काठमाडौँको बालाजुस्थित महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत विजेता छनोट गरिएको हो।
कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तथा एपीएफ महिला फुटबल टोलीकी कप्तान अनिता बस्नेतको विशेष आतिथ्यता रहेको थियो।
साथै अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर सुसन वैद्य श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
माघ ९ देखि १४ गतेसम्म देशभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरमा सञ्चालन भएको केयरफेस्टमा महिन्द्राद्वारा प्रमाणित प्राविधिकहरूले जेन्युन स्पेयर पार्ट्स र आधुनिक उपकरण प्रयोग गरी सर्भिसिङ सेवा प्रदान गरेका थिए।
सोही अवधिमा सेवा लिने हजारौँ ग्राहकहरूमध्येबाट गोलाप्रथाद्वारा एक जना विजेता चयन गरिएको हो।
बुटवल, रुपन्देहीस्थित मैनाबगर अटोल्यान्ड प्रा.लि.बाट सेवा लिनुभएका हरि पन्त बम्पर उपहार विजेता घोषित भएका छन्।
उनले ‘बिगस C-12 (BGAUSS C-12)’ इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन्।
बालाजु अटो वर्क्सले यस्ता अभियानमार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
आगामी दिनमा पनि उत्कृष्ट सेवा र आकर्षक सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै शाखा, डिलर, सब-डिलर र ग्राहकप्रति धन्यवाद व्यक्त गरिएको छ।
बालाजु अटो वर्क्स प्रा.लि. अग्नि ग्रुपको सहायक कम्पनी हो र नेपालका लागि महिन्द्राको आधिकारिक सर्भिस प्रदायकका रूपमा देशभर ५३ भन्दा बढी शाखामार्फत गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स र एक्सेसरिज उपलब्ध गराउँदै आएको छ।
Post Views: 67