फ्रेन्च अटोमोबाइल निर्माता रेनोले आफ्नो लोकप्रिय मिड-साइज एसयुभी डस्टरको तेस्रो पुस्ताको नयाँ मोडल सार्वजनिक गर्न तयारी गरेको छ।
यो नयाँ डस्टर आगमी मार्च महिनामा भारतीय बजारमा लन्च गरिने कम्पनीले घोषणा गरेको छ।
रेनोले यसअघि जनवरीमा यसको केहि झलक सार्वजनिक गरेको थियो र यो मोडललाई नयाँ डिजाइन र प्रविधिहरू सहित बजारमा ल्याउने तयारी चलाइएको छ।
नयाँ डस्टरमा हाइब्रिड इन्जिन, प्रिमियम इन्टेरियर र उच्च स्तरको सुरक्षा सिस्टम (ADAS) जस्ता आधुनिक सुविधाहरू समावेश छन्।
यो मोडल १.३ लिटर र १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनसँगै १.८ लिटर हाइब्रिड विकल्पमा पनि उपलब्ध हुने कम्पनीले बताएका छन्।
कारमा ठूलो डिजिटल स्क्रिन, प्यानोरोमिक सनरुफ, ३६०° क्यामेरा, वायरलेस चार्जिङ र स्मार्ट कनेक्टिभिटी जस्ता सुविधाहरू समेत उपलब्ध छन्।
कम्पनीका अनुसार यो नयाँ डस्टर पहिलेको भन्दा धेरै प्रिमियम र शक्तिशाली प्रदर्शन गर्ने एसयुभी हुनेछ।
Post Views: 66