चुनावले हवाई भाडा बढ्यो

चुनावको अवसरमा विदेशबाट नेपाल फर्किनेहरु धेरै भएकाले हवाई टिकटको भाडा अस्वभाविक रूपमा बढेको छ। बिभिन्न देशका लागि भाडा सामान्य अवस्थामा २५–३० हजार रहेको भए पनि अहिले टिकटको मूल्य ४५ हजारदेखि १ लाखभन्दा बढी पुगेको छ।

नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, कतार एयरवेज, फ्लाइ दुबई, एयर अरेबिया जस्ता एयरलाइन्समा धेरै सीट बुक भएको र भाडा बढेको बताइएको छ।

श्रीलंकन एयरलाइन्समार्फत खाडीबाट आउने टिकट सामान्यमा २५–३० हजार भए पनि अहिले ४५–५० हजारभन्दा बढी पर्न थालेको जनाइएको छ।

फ्लाइ दुबईका टिकट सामान्यमा २५–२७ हजार पर्ने भए पनि अहिले ३२ हजारदेखि १ लाख १५ हजारसम्म पुगेको छ।

साउदी, दुबई, आबुधाबी लगायत विभिन्न मार्गका टिकट मूल्य सामान्यभन्दा धेरै बढेको, र एनएसीका धेरै उडानहरू मार्चसम्म फुल बुक भइसकेको पनि जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *