चिनियाँ अटोमोबाइल उत्पादक चेरीको सबब्राण्ड जेटोरको पहिलो प्योर इलक्ट्रीक एसयूभी टीएक्स (टुरर) बिक्रीका लागि तयार भएको छ । कम्पनीले यही नोभेम्बर १६ (आगामी सोमबारदेखि) जेटोर टीएक्सको प्रि(बुकिङ खुला गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार सन् २०२६ को जेटोर ग्लोबल ट्राभल प्लस कन्फरेन्सका क्रममा टीएक्सको प्रि(बुकिङ खुला गर्न लागिएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने यो गाडीमा फाल्कन ५०० इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध हुनेछ ।
यसको बाहिरी डिजाइन निकै आकर्षक छ । यसको अगाडिको भागमा ‘क्लोज्ड(अफ ग्रिल’ डिजाइन दिइएको छ । जसमा रेट्रो शैलीका दुईवटा गोलाकार हेडलाइट र एरोडायनामिक एयर डक्टहरू राखिएका छन् ।
टीएक्सको लम्बाइ ४ हजार ६०५ एमएम, चौडाइ १ हजार ८८० एमएम र उचाइ १ हजार ७०० एमएम रहेको छ । यसमा २ हजार ७३५ एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।
यसको ड्र्याग कोइफिसियन्ट ०.३२ रहेको छ । यसमा २१ डिग्रीको अप्रोच एंगल, २६ डिग्रीको डिपार्चर एंगल र २०० एमएम ग्राउण्ड क्लियरेन्स दिइएको छ । त्यस्तै, यो गाडी ५०० एमएम गहिराइसम्मको पानीबाट गुड्न सक्छ । यसमा अफरोड क्रल कन्ट्रोल र ट्यांक टर्न फङ्सनसमेत उपलब्ध हुनेछ ।