भारतको EV स्कुटर नेपालमा

भारतमा बनेको इलेक्ट्रिक स्कुटर एम्पीयर अब नेपालमा उपलब्ध भएको छ। यो ब्रान्डलाई एसटीसी अटो सोलुसन ले नेपालमा आधिकारिक रूपमा ल्याएको हो।

एम्पीयर विद्युतीय दुईपहिया स्कुटर भारतको ग्रीभ्स इलेक्ट्रीक मोबिलिटी ले बनाएको हो र यसले लामो समयदेखि यस प्रकारका सवारी उत्पादन गर्दै आएको छ।

यो स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएको छ जसलाई एकपटक चार्ज गर्दा लगभग १०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले बताएको छ।

एम्पीयरको मोडलहरूमा आरामदायी सिट, बलियो च्यासिस, स्मार्ट टेक्नोलोजी र रिभर्स समेत उपलब्ध छन्।

यस इलेक्ट्रिक स्कुटरको मूल्य करिब ३ लाख रुपैयाँ देखि सुरु भएको नेपालमा विक्रेताले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *