गण्डकीमा बीएस६ बस हस्तान्तरण

अटोवेज प्रालिले गण्डकी प्रदेशमै पहिलो पटक VE Commercial Vehicles को बीएस६ मापदण्डको लक्जरी बस हस्तान्तरण गरेको छ।

कम्पनीका अनुसार उक्त आधुनिक बस स्विफ्ट होलिडेज प्रा.लि. लाई ‘की ह्यान्डओभर’ कार्यक्रममार्फत प्रदान गरिएको हो।

यस बसले प्रदेशको पर्यटन यातायात सेवामा गुणस्तरीय सुधार ल्याउने विश्वास गरिएको छ।

प्रविधि सम्पन्न, सुरक्षित र वातावरणमैत्री सवारी साधन प्रयोग गरी सेवा स्तर उकास्ने उद्देश्यले बस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

अटोवेज प्रा.लि. ले आगामी दिनमा पनि आधुनिक, सुरक्षित तथा दिगो सवारी साधन नेपाली बजारमा भित्र्याएर देशको यातायात र पर्यटन क्षेत्रलाई थप आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *