धादिङ बस दुर्घटना

धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिक पृथ्वी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ र २८ जना घाइते भएका छन्।

दुर्घटनामा दुई जना विदेशी नागरिक समेत परेका छन्।

पोखराबाट काठमाडौं जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस त्रिशुली नदी किनारमा खसेको हो।

घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिएको छ र केही घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा र अधिकांशलाई काठमाडौं लगिएको छ।

जिल्ला सुरक्षा निकाय र स्थानीयहरुले उद्धार कार्यमा सहयोग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *