Skip to content
यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी) बसको भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल सुरु गरिसकेको जनाएको छ।
अहिले डिजेल बसको भाडादर त तय छ, तर इभी बसको भाडादर भने स्पष्ट रूपमा निर्धारण नभएकाले नयाँ दर बनाउन छलफल भइरहेको हो।
विभागका अनुसार डिजेल बसको तुलनामा इभी बस चलाउँदा खर्च कम पर्न सक्ने भएकाले भाडा घटाउने प्रस्ताव अघि बढाइएको हो।
विभागका महानिर्देशक राजीव पोखरेलले इभी बसको भाडा व्यवस्थित र यात्रु–मैत्री बनाउन अध्ययन भइरहेको बताए।
विभागले सरोकारवालासँग छलफल गरेर छिट्टै निर्णय लिने जनाएको छ, जसपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भाडा वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्नेमा सहमति जनाए।
उनले इभीमा इन्धन खर्च कम भए पनि ब्याट्री महँगो पर्ने भएकाले लागतका सबै पक्ष मूल्याङ्कन गरेर मात्रै भाडा घटबढ गर्नुपर्नेमा जोड दिए।
Post Views: 110