Skip to content
धादिङको थाक्रे गाउँपालिका अन्तर्गत महादेवबेँसी नजिक दुई वटा यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
काठमाडौँबाट रसुवा जाँदै गरेको बा.प्र. ०१-००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ आउँदै गरेको प्र.३-०१-००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका हुन्।
दुर्घटनापछि एउटा बस अनियन्त्रित भएर सडकछेउको चिया पसलमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान हुन बाँकी छ भने घाइतेको संख्या र अवस्था पनि अझै यकिन भएको छैन।
अहिले घटनास्थलमा उद्धारकार्य भइरहेको छ।
Post Views: 108