फोटोनले धनगढीमा ग्राहक भेटघाट

फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधि सहभागी हुने ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ।

Strengthening Customer Trust Through Direct Engagement” भन्ने नारासहित गरिएको यो कार्यक्रम फोटोनले आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध बनाउने उद्देश्यअनुसार गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत ग्राहकको अनुभव बुझ्ने, सुझाव/फिडब्याक संकलन गर्ने र पश्चिमी क्षेत्रका ग्राहकसँग विश्वास र सम्बन्ध अझ बलियो बनाउने रहेको थियो।

कार्यक्रममा ग्राहकहरूले गाडीको प्रदर्शन, सर्भिस सपोर्ट र दैनिक प्रयोगसम्बन्धी अनुभव साझा गर्दै भविष्यका अपेक्षाबारे पनि छलफल गरेका थिए।

यस भेटघाटमा फोटोनका विभिन्न सवारीसाधनहरू प्रदर्शन गरिएको थियो, जसमा टुनल्यान्ड G7, माउन्टेन ईभी, लो रूफ भ्यान र सोकोन ईभी भ्यान समावेश थिए।

यसबाट ग्राहकहरूले फोटोनका व्यावसायिक तथा विद्युतीय सवारीसाधनलाई नजिकबाट बुझ्ने मौका पाए।

फोटोनले ग्राहकसँग प्रत्यक्ष संवादलाई दीर्घकालीन विश्वास निर्माणको मुख्य आधार भन्दै प्रयोगकर्ताको प्रतिक्रिया सुनेर सेवा र स्वामित्व अनुभव सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

साथै, कम्पनीले बिक्रीमा मात्र होइन, नेपालका लागि उपयुक्त व्यावसायिक मोबिलिटी समाधान र दीर्घकालीन साझेदारीमा केन्द्रित रहेको जनाएको छ।

कार्यक्रममा फोटोनको १५३ भन्दा बढी स्थानमा रहेको चार्जिङ नेटवर्क र धनगढी क्षेत्रमा विस्तार हुँदै गएको चार्जिङ पूर्वाधारबारे पनि जानकारी दिइएको थियो।

नेपालमा फोटोन सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. रहेको छ, जसले आफ्टर-सेल्स सेवा, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधार विस्तारमार्फत ग्राहकलाई भरपर्दो सेवा दिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *