महिन्द्रा केयरफेस्ट सुरु

महिन्द्रा गाडीधनीका लागि वार्षिक सेवा शिविर ‘महिन्द्रा केयरफेस्ट २०८२’ शुक्रबारदेखि देशभर सुरु भएको छ।

अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्क्सले आयोजना गरेको यो सेवा शिविर माघ ९ देखि माघ १४ (जनवरी २३–२८) सम्म सञ्चालन हुनेछ, शनिबार पनि सेवा उपलब्ध हुनेछ।

केयरफेस्ट काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको बालाजु अटो वर्क्स सेवा केन्द्रबाट औपचारिक रूपमा उद्घाटन गरिएको हो।

यो अभियान देशभरका ५३ भन्दा बढी शाखा, डिलर र वर्कसपमा एकैसाथ सञ्चालन भइरहेको छ।

सेवा शिविरमा महिन्द्राका प्रमाणित प्राविधिकद्वारा असली पार्टपुर्जाको प्रयोग गरी गाडीको मर्मत गरिनेछ।

ग्राहकले निःशुल्क ४५ बुँदे जाँच, निःशुल्क सामान्य श्रम शुल्क, निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिस, ह्विल एलाइनमेन्टमा ५०% सम्म छुट, असली एक्सेसरिजमा ५०% सम्म छुट, एसी चार्जिङमा २०% र स्पेयर पार्ट्स तथा लुब्रिकेन्टमा १०% छुट पाउनेछन्।

त्यसैगरी, प्रत्येक सेवामा आकर्षक उपहार, निःशुल्क स्वास्थ्य परीक्षण, १०% अतिरिक्त छुट कुपन, क्यासलेस बीमा सेवा सुविधा पनि उपलब्ध गराइनेछ।

साथै, भाग्यशाली एक जनाले BGauss C12 इलेक्ट्रिक स्कुटर जित्ने अवसर पनि पाउनेछन्।

बालाजु अटो वर्क्सले यस्ता सेवा अभियानले ग्राहकसँगको दीर्घकालीन सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिएको छ।

महिन्द्रा गाडीधनीलाई समयमै सेवा बुक गरी यो सीमित अवधिको अफरको लाभ लिन आग्रह गरिएको छ।

सेवा बुकिङ महिन्द्रा mTrack एपमार्फत गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *