क्यारी ईभीमा रिलायन्स फाइनान्स

काठमाडौं– क्यारी ब्रान्डका विद्युतीय भ्यान खरिद गर्न चाहने ग्राहकका लागि रिलायन्स फाइनान्स लिमिटेडले वित्तीय सेवा उपलब्ध गराउने भएको छ।

यसका लागि क्यारी ईभीको नेपालका आधिकारिक वितरक एलएक्सजी मोटर्स र रिलायन्स फाइनान्सबीच रणनीतिक समझदारी भएको छ।

सम्झौता पत्रमा एलएक्सजी मोटर्सका तर्फबाट जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्सका सिइओ समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यअनुसार क्यारी केभान–१ र केभान–२ विद्युतीय भ्यान किन्न चाहने ग्राहकले सहज र सुविधाजनक वित्तीय समाधान पाउनेछन्।

क्यारीका यी ईभी भ्यानमा ५३.५८ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटक फुल चार्ज गर्दा करिब ३०० किलोमिटरसम्म चल्ने दाबी गरिएको छ। साथै, भ्यानमा पिएमएसएम मोटर, एबिएस लगायतका सुरक्षा सुविधा पनि उपलब्ध छन्।

यो साझेदारीले नेपालमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रालाई थप सहज बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *