पोखरामा बोस मेकानिक मिट

बोस नेपालको मेकानिक मिट कार्यक्रम पोखरामा सम्पन्न भएको छ।

यो कार्यक्रम बोसका आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले आयोजना गरेको थियो।

कार्यक्रममा पोखरा क्षेत्रका मेकानिक्स, खुद्रा विक्रेता र डिलरहरूले सहभागिता जनाएका थिए।

बोस नेपाल टोली र सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र समेत उपस्थित थिए।

कार्यक्रमको उद्देश्य बोस नेटवर्कभित्रको सहकार्य बलियो बनाउने र स्थानीय साझेदारहरूसँग सम्बन्ध प्रगाढ बनाउनु रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *