दाङमा इलेक्ट्रिक टेस्ट ड्राइभ

नेपालमा डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ।

यो क्याम्प पुस १९–२१ गते राप्ती अटोमार्ट मा सञ्चालन हुनेछ।

कार्यक्रममार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधा र पुराना सवारी आदानप्रदान गर्दै इलेक्ट्रिक सवारीमा रूपान्तरण गर्न सक्नेछन्।

क्याम्पको अवसरमा दाङमा नयाँ डोङफेङ शोरूमको उद्घाटन र बहुप्रतीक्षित नामी भिगोको सार्वजनिक प्रदर्शन हुने छ।

ग्राहकहरूले नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।

साथै, ७ किलोवाट द्रुत चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, निःशुल्क अटो प्लस बीमा र पुराना सवारीको उचित मूल्याङ्कन सुविधा उपलब्ध हुनेछ।

सेरेसका उच्चस्तरीय इलेक्ट्रिक एसयूभीमा ६ लाखसम्मको विशेष लाभ पनि दिइनेछ।

नयाँ शोरूमले दाङ क्षेत्रका ग्राहकलाई इलेक्ट्रिक सवारी साधनको प्रदर्शन अनुभव गर्न र सीमित अवधिका विशेष अफरहरूको फाइदा लिन सजिलो बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *