एथर स्कुटर खरीद सजिलो

स्कुटर ब्रान्ड एथरले ग्राहकहरूको स्कुटर स्वामित्व प्रक्रिया सरल बनाउने नयाँ पहल सार्वजनिक गरेको छ।

अब ग्राहकहरूले मान्य परिचयपत्र (ID Card) मात्र देखाएर, कुनै अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर किन्न सक्नेछन्।

रु ६० हजार ५८ हजारबाट सुरु हुने ईएमआई योजनामा प्रिमियम इलेक्ट्रिक स्कुटर सहजै उपलब्ध हुने छ।

परिचयपत्र आधारित योजना इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने अवरोध हटाएर देशभर स्मार्ट र दिगो मोबिलिटीलाई पहुँचयोग्य बनाउने उद्देश्य राख्छ।

एथरले नेपालमा ८ Ather Experience Center, ८ अधिकृत सेवा केन्द्र र २७ भन्दा बढी Ather Grid फास्ट चार्जिङ पोइन्ट निर्माण गरिसकेको छ।

स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर–द–एयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवका कारण एथर नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्ड बनेको छ।

नयाँ पहलले उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारमार्फत नेपालमा EV अपनत्व बढाउने एथरको प्रतिबद्धता बलियो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *