नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले क्रिसमस र नयाँ वर्षको अवसरमा विशेष ‘निसान म्याग्नाइट महाधमाका’ अफर सुरु गरेको छ।
यस अफरमा ग्राहकहरूले निसान म्याग्नाइट खरिद गर्दा १ लाख रुपैयाँ नगद छुट पाउनेछन्। पुरानो गाडी एक्सचेन्ज गर्ने ग्राहकका लागि १ लाख एक्सचेन्ज बोनस पनि उपलब्ध छ।
अफरमा ३ वर्ष निःशुल्क सर्भिसिङ, ३ वर्ष वारेन्टी, १ वर्ष बिमा र चालु आर्थिक वर्षको रोड ट्याक्स समावेश गरिएको छ। साथै ग्राहकहरूले आईफोन १७ र थाइल्याण्ड भ्रमण जस्ता उपहार जित्ने अवसर पाउनेछन्।
निसान म्याग्नाइट आधुनिक सुरक्षा र सुविधा सहित उपलब्ध छ, जस्तै ६ एयरब्याग, हिल-असिस्ट, ३६० डिग्री क्यामेरा, ८ इन्च टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले। २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकका लागि उपयुक्त रहेको कम्पनीले दाबी गरेको छ।
यो अफर देशभर लागू हुने बताइएको छ र इच्छुक ग्राहकहरूले नजिकको निसान शोरुममा टेस्ट ड्राइभ बुक गरेर सीमित स्टक सकिनुअघि लाभ लिन सक्नेछन्।