काठमाडौंमा सांग्रिला मोटर्सले आयोजना गरेको ‘लिपमोटर कस्टमर र्याली’ सफलतापूर्वक सम्पन्न भएको छ।
यो र्याली पुस ५ गते शनिबार ठूलो उत्साहका साथ भएको थियो। कार्यक्रममा ‘लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स’ भन्ने नारा राखिएको थियो।
र्याली सानेपास्थित हेरिटेज गार्डेनबाट सुरु भएर नगरकोटस्थित क्लब हिमालयतर्फ ड्राइभ गरिएको थियो। यसले सहभागीहरुलाई घुमाउरो र उकालो बाटोमा लिपमोटर ईभी सवारीको क्षमताको अनुभव दिने अवसर दिएको थियो।
क्लब हिमालयमा क्विज, खेल, बफे लन्च र नेटवर्किङ जस्ता गतिविधिहरु पनि आयोजना गरिएको थियो। र्यालीले ग्राहकहरु माझ सामुदायिक भाइचारा र उत्सवको भावना बढाएको बताइएको छ।