विश्वकै अग्रणी इलेक्ट्रिक सवारी उत्पादक कम्पनी बीवाइडीले ठूलो उपलब्धि हासिल गरेको छ। कम्पनीले हालसम्म १ करोड ५० लाखभन्दा बढी इलेक्ट्रिक सवारीसाधन उत्पादन गर्न सफल भएको जनाएको छ।
यति ठूलो संख्यामा इभी उत्पादन गर्ने बीवाइडी पहिलो कम्पनी बनेको छ। यस उपलब्धिले विश्व इभी बजारमा कम्पनीको मजबुत स्थान झनै बलियो बनेको देखिन्छ।
बीवाइडीले छोटो समयमै उत्पादन क्षमता तीव्र रूपमा बढाउँदै आएको छ। यसको कारण कम्पनीका गाडीहरू विभिन्न देशमा लोकप्रिय बन्दै गएका छन्।
बीवाइडीका विभिन्न मोडेलहरू अहिले नेपाली बजारमा पनि उपलब्ध छन् र वातावरणमैत्री तथा प्रविधिमैत्री सवारी खोज्ने ग्राहकको रोजाइमा पर्दै गएका छन्।