दुर्गम क्षेत्रका रूपमा चिनिने लालझाडी गाउँपालिका पछिल्ला वर्षमा सडक पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ।
वर्षायाममा हिलो र हिउँदमा धुलोले जनजीवन कष्टकर बनाउने सडक अब कालोपत्रे र स्तरोन्नत भइसकेका छन्।
स्थानीय बासिन्दा भन्छन्, पुल र सडक निर्माणपछि यात्रा सहज भएको छ।
मुख्य प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्रे सडक फैलिँदै गएको छ। हालसम्म २७.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने थप ३२ किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ।
दोदा नदीमा पक्की पुल सञ्चालनमा आएको र अन्य पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।
सडक र पुल निर्माणले किसानको उत्पादन बजारसम्म सजिलै पुग्ने भएको छ र एम्बुलेन्स, दमकलजस्ता आपतकालीन सवारीसाधन पनि गाउँका कुना-कुनासम्म पुग्न थालेका छन्।
यसले स्थानीय युवा स्वरोजगारतर्फ आकर्षित भएका छन् र गाउँको सामाजिक र आर्थिक अवस्था सुधारिएको छ।
Post Views: 64