चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको ९ औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन अजिरकोट गाउँपालिका–३ स्थित नम्कि होमस्टेमा सफलतापूर्वक सम्पन्न भएको छ।
अधिवेशनले इन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिमा उपाध्यक्षमा यज्ञ प्रसाद पौडेल, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा होमनाथ पौडेल र सदस्यमा क्रमशः जनक कुमार ढकाल, सुरेश चौधरी, दीपक कडेल, सन्तोष भट्टराइ र देवेन्द्र अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
कार्यक्रम सस्थाका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सन्चालनको जिम्मेवारी सस्थाका सचिव कमल अधिकारिले सम्हालेका थिए।
संस्थापक अध्यक्ष इश्वर कुमार श्रेष्ठ, प्रमुख अतिथि तथा पूर्व उपाध्यक्ष र सल्लाहकार गोपाल भट्टराइ विशेष अतिथिका रूपमा उपस्थित थिए।