कालीगण्डकी सडक स्तरोन्नति सम्पन्न

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी-जोमसोम-कोरला सडक योजनामा म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति काम पूरा भएको छ।

यो १६.५ किलोमिटर सडकलाई ११ मिटर फराकिलो गरी दुई लेन कालोपत्रे गरिएको छ।

पहिरो प्रभावित तीन किलोमिटर भागबाहेक अन्य स्थानमा ढलान र कालोपत्रेको काम सम्पन्न भएको छ।

सडक स्तरोन्नति भएपछि यात्रा समय दुई घण्टाबाट ३० मिनेटमा झरेको छ।

पर्यटक, तीर्थयात्री र मालवाहक सवारीसाधनको आवतजावत सहज भएको छ।

बेनी-जोमसोम-कोरला सडक २०२ किलोमिटरको योजना अन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्रे र १४ वटा पुल निर्माण भइसकेको छ।

योजना प्रमुखका अनुसार १० अर्ब ५७ करोड रुपैयाँको योजनामा ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *