Skip to content
बर्दियाको राजापुर र कैलालीको टीकापुरलाई जोड्न नया झोलुङ्गे पुल बनाइने भएको छ।
दौलतपुरघाटमा निर्माण हुने यो पुल ४८२.२० मिटर लम्बाइ र १.६० मिटर चौडाइ को हुनेछ र करिब १५ करोड ७४ लाख रुपैयाँ लागत लागेको छ।
निर्माणले दुबै ठाउँका लगभग २ हजार घरधुरीलाई सेवा दिने अपेक्षा गरिएको छ।
शहरी विकासमन्त्री कुलमान घिसिङ ले पुलको शिलान्यास गरेका छन् र तोकिएको समयमा काम पूरा गर्न निर्देशन दिएका छन्।
पुल नहुँदा स्थानीयले अहिले कर्णाली नदीमा डुंगा प्रयोग गरिरहेका छन्, जसले वर्षायाममा आवतजावतमा समस्या उत्पन्न गरिरहेको थियो।
नयाँ पुलले यातायात सहज र क्षेत्रको पर्यटन वृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
Post Views: 145