पूर्वाधार मन्त्री कुलमान घिसिङ ले शनिबार नारायणी नदीमा निर्माण भइरहेको सिग्नेचर ब्रिज (पुल) को निरीक्षण गरेका छन्।
पुलको कुल लम्बाइ ४२० मिटर रहनेछ र यसमा स्टे केबल प्रविधि प्रयोग गरिँदैछ, जसले पुललाई मजबूत र दिर्घायु बनाउने अपेक्षा गरिएको छ।
उनले ठेक्का सम्झौता बमोजिम समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन्। अहिलेको काममा पूर्वाधार तयार पार्ने तयारी जारी छ र मनसुन अघि पुलको पायालको आधार (फाउन्डेशन) पुरा गर्ने लक्ष्य राखिएको छ।
यो पुल राष्ट्रिय स्तरको महत्त्वपूर्ण पूर्वाधार परियोजना मानिन्छ र योजना अनुसार यो २०८४ जेठ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।