Skip to content
नेपालको अग्रणी राइड–सेयरिङ सेवा पठाओले यात्रु र चालकको सुरक्षा सुनिश्चित गर्न ‘क्विक रिस्पोन्स टिम’ (क्यूआरटी) सञ्चालन गरिरहेको छ।
क्यूआरटीले अनलाइन राइडको क्रममा हुने दुर्घटना, विवाद, दुर्व्यवहार वा शंकास्पद गतिविधिमा तत्काल प्रतिक्रिया दिन्छ।
घटनास्थलमा पुगेर विवरण संकलन, सम्बन्धित निकायसँग समन्वय र आवश्यक सहयोग उपलब्ध गराउने काम गर्छ।
टिमले फोन, जीपीएस डेटा र राइड हिस्ट्रीको आधारमा प्रारम्भिक छानबिन गरी समस्या पुष्टि गरेपछि चालक वा यात्रुसँग संवाद गर्छ र आवश्यक परे घटनास्थलमै पुग्छ।
क्यूआरटीले बिमा दाबी प्रक्रियामा सहयोग, अस्पताल खर्चको लागि १ लाख र दुर्घटनामा १० लाख रुपैयाँसम्मको बीमा दाबी व्यवस्था सुनिश्चित गर्ने काम पनि गर्छ।
क्यूआरटीमा कानुन विज्ञ, वकिल, पूर्व प्रहरी र कल सेन्टर सदस्यहरू कार्यरत छन्, जसले पठाओको आन्तरिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाएको छ।
Post Views: 185