डिपल एस०५ कारले युरो एनक्यापको सुरक्षा परीक्षणमा उत्कृष्ट ५ स्टार रेटिङ पाएको छ। स्वतन्त्र परीक्षणमा यसले सबै प्रमुख सुरक्षा विभागहरूमा उत्कृष्ट प्रदर्शन देखाएको छ — वयस्क यात्रु सुरक्षा, बच्चाको सुरक्षा, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षा र सुरक्षा सहायता प्रणालीहरूमा उच्च अंक प्राप्त गरेको छ।
यो उपलब्धिले डिपल ब्राण्डको सुरक्षा, इन्जिनियरिङ र स्मार्ट मोबिलिटी प्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ। डिपल एस०५ गत भदौमा नेपाली बजारमा आएको थियो र यसमा धेरै आधुनिक सुविधा पनि छन्।