Skip to content
दमौली, तनहुँ — मुग्लिन–पोखरा सडकखण्डको पश्चिम खण्ड अन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र (पिच/ब्ल्याकटप) गर्ने काम सुरु गरिएको छ।
पहिरोको जोखिमका कारण पहिले काम रोकिएको थियो, तर अहिले दुई लेनमा कालोपत्र भईरहेको छ र बाँकी दुई लेनमा पछि काम हुने योजना छ।
यस खण्डमा करीब ३८.८८ किलोमिटर सडकको पहिलो तहको कालोपत्र सकिएको छ र धेरै पुलहरु पनि निर्माण भइसकेका छन्।
कामको समयावधि पुस १६ सम्म बताइएका छ।
Post Views: 218