नारायणगढ–बुटवलमा ३३ पुल सकियो

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ३३ वटा पुलको निर्माण काम पूरा भएको छ।

बाँकी एक मात्र ठूलो अरुणखोला पुलको काम अन्तिम चरणमा छ र छिट्टै सकिने जानकारी दिइएको छ।

अहिले यस सडकखण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। अधिकांश ठाउँमा कालोपत्रको काम पनि भइसकेको छ, जसले यात्रालाई सहज बनाएको छ, तर दाउन्ने क्षेत्रमा अझै काम बाँकी छ।

यो आयोजना २०७५ मा सुरु भएको हो र अवधी विस्तार हुँदै हाल चौथोपटक म्याद थप भइसकेको छ। योजनामा चार लेन र सर्भिस लेन सहितको सडक विस्तार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *