मेडिकल स्टाफलाई टियागो इभी अफर

टाटा मोटर्सका नेपालका लागि अधिकृत वितरक सिप्रदी ट्रेडिङले चिकित्सा क्षेत्रमा सेवा गरिरहेकालाई सम्मान गर्दै टियागो इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ।

यस योजनामा टियागो इभी किन्न चाहने मेडिकल क्षेत्रका ग्राहकले ठूलो नगद छुट, आकर्षक उपहार र प्रिमियम सेवा पाउनेछन्। प्रत्येक बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि उपलब्ध गराइनेछ।

ग्राहकले तीन उपहारमध्ये एक छान्न सक्छन्—जोडीका लागि बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा बढी नगद छुट।

साथै उच्चतम एक्सचेन्ज मूल्य, जीवनभर डीसी फास्ट चार्जिङ, एक वर्षको सडक कर, नि:शुल्क एक्सेसरीज र निःशुल्क होम चार्जर जडान जस्ता अतिरिक्त सुविधा पनि छन्।

मेडिकल परिचयपत्र देखाएमा थप छुट पाउने व्यवस्था छ। कम्पनीका अनुसार यी सुविधाले मेडिकल समुदायका ग्राहकलाई किफायती र सहज इभी अनुभव दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *