उदयपुरमा दुर्घटना, एक मृत

उदयपुरको चौदण्डीगढी–४ मा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार मृतक ५८ वर्षीय भक्तराम राई हुन्, जो मोटरसाइकल चालक थिए।

बसाहा–बर्खेडाँडा सडकमा बा९२प ०८९७प्र१–०५–००२ प ०५८९ नम्बरका मोटरसाइकल ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले बा९२प ०८९७ का चालक २६ वर्षीय एमन मगर र दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *