मालढुङ्गा–बेनी सडक सुधार

मालढुङ्गा–बेनी सडकको स्तरोन्नति काम अन्तिम चरणमा पुगेको छ। १३ किलोमिटरमध्ये करिब २ किलोमिटर मात्र काम बाँकी छ। सडकलाई २ लेन बनाइँदै अक्सफाल्ट प्रविधिबाट मजबुत रूपमा कालोपत्र गरिएको छ।

सडक सुध्रिएपछि अब यात्रा निकै सहज भएको छ। पहिले एक घण्टा लाग्ने दूरी अहिले २०–२५ मिनेटमै पार गर्न सकिन्छ।

स्थानीयहरूका अनुसार धुलो, हिलो र जाम भएर ढिलो हुने समस्या हटेको छ। यातायात, व्यापार तथा सामान ढुवानी सबैमा ठूलो सुधार आएको छ।

यो सडक सुचारु र फराकिलो भएपछि म्याग्दी, मुस्ताङ र पर्वत जाने यात्रु, स्थानीय तथा पर्यटक सबैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *