Skip to content
चिनियाँ इलेक्ट्रिक सवारी निर्माता लिपमोटरले अक्टोबर महिनामा करिब ७० हजारभन्दा बढी गाडी बिक्री गर्दै कम्पनीको इतिहासकै ठूलो उपलब्धि हासिल गरेको छ।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब ८४ प्रतिशत बढी हो।
लगातार आठ महिनादेखि लिपमोटरले बिक्री वृद्धि कायम राख्दै आएको छ।
कम्पनीका अनुसार नयाँ मोडलहरूको उच्च माग, आकर्षक मूल्य, उन्नत प्रविधि र ग्राहक विश्वासले बिक्रीमा निरन्तर उछाल ल्याएको हो।
यसले कम्पनीलाई चीनको द्रुत रूपमा बढ्दै गएको ईभी बजारमा अग्रणी स्थानमा पु¥याएको छ।
Post Views: 129