Skip to content
अमेरिकी कार निर्माता कम्पनी फोर्ड मोटर्सले चार वर्षपछि पुनः भारत फर्किने निर्णय गरेको छ।
कम्पनीले पहिले भारतका दुई प्लान्टमध्ये गुजरातको बिक्री गरे पनि चेन्नइस्थित प्लान्ट बिक्री नगरेको थियो।
अब फोर्डले भारतमा करिब ३२ अर्ब ५० करोड भारु लगानी गर्ने र सन् २०२९ भित्र तामिलनाडु (चेन्नइ) प्लान्टबाट इन्जिन उत्पादन सुरु गर्ने योजना बनाएको छ।
सुरुमा वार्षिक २ लाख ३५ हजार इन्जिन उत्पादन गर्ने लक्ष्य राखिएको छ।
गुजरातको प्लान्ट टाटा मोटर्सलाई बिक्री गरेपछि २०२२ देखि चेन्नइ प्लान्ट निष्क्रिय अवस्थामा थियो।
२०२४ मा फोर्डले निर्यातका लागि उत्पादन सुरु गर्ने तयारी गरे पनि अमेरिकी सरकारले आयात कर बढाएपछि योजना स्थगित भएको थियो।
अहिले भने कम्पनीले नयाँ पुस्ताको इन्जिन उत्पादनबाट पुनः काम सुरु गर्ने निर्णय गरेको हो।
फोर्डले भविष्यमा कार र विद्युतीय सवारीसाधन उत्पादनबारे माग र बजार अवस्थाअनुसार निर्णय लिने बताएको छ।
फोर्डले पहिलो पटक १९९० को दशकमा भारत प्रवेश गर्दा चीनजस्तै ठूलो बजार पाउने अपेक्षा राखेको थियो।
तर २०२१ सम्म आइपुग्दा कम्पनीले करिब दुई अर्ब डलर नोक्सानी बेहोरेर भारतबाट उत्पादन बन्द गर्नुपरेको थियो।
त्यसअघि पनि जनरल मोटर्सले भारत छोडिसकेको थियो।
पछिल्ला वर्षहरूमा एसयूभी सवारीको बढ्दो माग, उत्पादन लागत र असफल साझेदारीका कारण फोर्डको विस्तार योजना रोकिएको थियो।
अब फोर्डको नयाँ लगानीले भारतीय बजारमा पुनः स्थायी उपस्थितिको सुरुवात गर्ने सम्भावना देखिएको छ, तर यसको सफलता दीर्घकालमा मात्र स्पष्ट हुनेछ।
Post Views: 178