सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर अलपत्र परेको १७ वटा ‘रुग्ण’ ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
सडक विभागका कार्यालयहरूले विराटनगर, चन्द्रनिगाहपुर र नुवाकोट क्षेत्रमा क्रमशः ठेक्का रद्द गर्ने सूचना जारी गरेका छन्।
यसमध्ये सबैभन्दा ठूलो ठेक्का झापाको कन्काई पुल निर्माणसम्बन्धी हो, जुन १४ वर्षदेखि अलपत्र छ र हाल ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
सडक मन्त्रालयका निर्देशनानुसार, ठेकेदारले काम नगरेको अवस्थामा ठेक्का रद्द गरेर जमानत रकम जफत गर्ने, बाँकी काम सरकारी पक्षले गर्नेलगायत कारबाहीहरू अघि बढाउने तयारी गरिएको छ।