रुग्ण सिँचाइ ठेक्का तोडिँदै

वर्षौंदेखि रोकिएका सिँचाइका काम अघि नबढेपछि बबई सिँचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँगको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।

आयोजनाले २०७७/७८ मा नहर र भवन मर्मतका लागि सम्झौता गरेको थियो, तर कम्पनीले काम नगरेपछि यो निर्णय गरिएको हो। आयोजनाका ६ ठेक्कामध्ये चारको काम शून्य, एउटा ३० र अर्को ५५ प्रतिशत मात्र पूरा भएको छ।

मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएपछि यो कदम चालिएको हो। कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण दिन आग्रह गरिएको छ। यदि सन्तोषजनक कारण नदिए जमानत रकम जफत र कालोसूचीमा राख्ने तयारी गरिएको छ।

सिँचाइ विभागका अनुसार देशभरका २५ सिँचाइ आयोजना रुग्ण सूचिमा छन्, जस मध्ये ६ ठेक्का औपचारिक रूपमा तोड्ने प्रक्रिया सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *