स्कोडा–फोल्क्सवागनले भारतमा SUV निर्माण

स्कोडा र फोल्क्सवागनले भारतमा जेएसडब्लू ग्रुपसँग मिलेर नयाँ SUVs उत्पादन गर्ने योजना अगाडि बढाएका छन्।

त्यस योजना अन्तर्गत इन्धन, हाइब्रिड र इलेक्ट्रिक सबै प्रकारका गाडीहरु सीएमपी-२१ प्लेटफर्ममा निर्माण हुनेछन्। यो एसयूभी २०२७ को मध्यतिर बजारमा ल्याउने लक्ष्य राखिएको छ।

यसका लागि करीब १ अर्ब युरो लगानी आवश्यक पर्ने छ र हालसम्म सम्झौता अन्तिम रूप नलागेको बताइएको छ।

यदि यो साझेदारी सफल भयो भने, जेएसडब्लूको औद्योगिक र वित्तीय आधारले स्कोडा–फोल्क्सवागनलाई भारतमा विस्तार गर्न सहयोग पुग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *