सुजुकी वेगनआर विश्वभर १ करोड वटा बिक्री

जापानी सवारी उत्पादक कम्पनी सुजुकीको वेगनआर ह्याचब्याक कारले १ करोड वटा बिक्री भएको छ।

सुजुृकीले जापानमा १९९३ मा पहिलोपटक वेगनआर सार्वजनिक भएको थियो।

त्यस्तै सुजुकीले भारतमा १९९९ मा मारुती सुजुकी इन्डिया लिमिटेडमार्फत वेगनआर उत्पादन थालेको थियो।

भारतमा उत्पादन भएर बिक्री सुरु भएकै वर्ष १९९९ मै सुजुकी वेगनआर नेपाली बजारमा समेत भित्रिएको थियो। सुजुकीका कार नेपाली बजारमा सीजी होल्डिङअन्तर्गतको सीजी मोटोकर्पले बिक्री गर्दै आएको छ।

ह्याचब्याक सेगमेन्टको यो कार नेपाली उपभोक्तोको पनि रोजाइको कार हो।

भारतमा १९९९ मा बिक्री सुरु भएयता हालसम्म ३४ लाख १४ हजार १ सय ७६ वटा वेगनआर बिक्री भइसकेको छ। विश्वभर बिक्री भएको १ करोड वेगनआरमा भारतको योगदान ३४.१४ प्रतिशत रहेको छ।

भारतमा बनेको सुजुकी वेगनआर भुटान, नेपाल तथा श्रीलंकामा निर्यात हुँदै आएको छ।

उत्पादन सुरु भएयता भारतमा २०१० मा दोस्रो पुस्ता र २०१९ मा तेस्रो पुस्तारको वेगनआर उत्पादन भएको थियो।

भारतमा वेगनआर बिक्री हुनथाले यता कयौँ वर्ष भारतको सर्वाधिक बिक्री हुने कार वेगनआर बनेको थियो।

१९९९ देखि २००८ सम्म भारतमा ५ लाख ३० हजार वटा वेगनआर बिक्री भएको थियो। त्यस्तै २००९ देखि २०१८ को बीचमा भारतमा १५ लाख ६९ हजार वटा बिक्री भएको थियो।

वेगनआरको इतिहास

१९९३ सेप्टेम्बर- जापानमा पहिलोपटक सार्वजनिक

१९९७ फेब्रुअरी- वेगनआर वाइड जापानमा सार्वजनिक

१९९८ अक्टोबर- दोस्रो पुस्ताको वेगनआर जापानमा सार्वजनिक

१९९९ डिसेम्बर- भारतमा उत्पादन सुरु

२००० जनवरी- हंगेरीमा उत्पादन सुरु

२००३ सेप्टेम्बर- तेस्रो पुस्ताको वेगनआर जापानमा सार्वजनिक

२००८ सेप्टेम्बर- चौथो पुस्ता जापानमा सार्वजनिक

२०१२ सेप्टेम्बर- पाँचौ पुस्ता जापानमा सार्वजनिक

२०१३ सेप्टेम्बर- इन्डोनेसियामा उत्पादन सुरु

२०१४ अप्रिल- पाकिस्तानमा उत्पादन सुरु

२०१७ फेब्रुअरी- छैटौँ पुस्ताको वेगनआर जापानमा सार्वजनिक

२०२१ सेप्टेम्बर- वेगनआर स्माइल जामानमा सार्वजनिक

कुन वर्षमा बने बिक्री रेकर्ड (विश्वभर)

१९९८ अक्टोबरमा १० लाख

२००२ जनवरीमा २० लाख

२००५ फेब्रुअरीमा ३० लाख

२००७ सेप्टेम्बरमा ४० लाख

२०१० फेब्रुअरीमा ५० लाख

२०१२ अगस्तमा ६० लाख

२०१५ जनवरीमा ७० लाख

२०१८ फेब्रुअरीमा ८० लाख

२०२२ जनवरीमा ९० लाख

२०२५ जुनमा १ करोड वेगनआर बिक्री

अहिले विश्वभर बिक्री भइरहेको सुजुकी वेगनआर छैटौँ पुस्ताको हो।

सुजुकी वेगनआर विश्वका ७५ वटा देशमा बिक्री भइरहेको छ। वेगनआरको मुख्य बजार जापान, हंगेरी, भारत, इन्डोनेसिया, पाकिस्तान र युरोपका केही देश हुन्।

सुजुकीले सार्वजनिक भएको ३१ वर्ष ९ महिनामा १ करोड वटा वेगनआर ह्याचब्याक कार बिक्री गर्न सफल भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *