Skip to content
काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाइमा मोबिलिटी एक्स्पो मा सिएफमोटो (CFMOTO) ले आफ्ना दुई मोडेलमा विशेष छुटको घोषणा गरेको छ।
-
250 NK मोडेलको पुरानो मूल्य रु. ५,५०,००० भए पनि एक्स्पोमा रु. ४,९०,००० मा बुकिङ गर्न सकिने छ। यसमा रु. ६० हजार कैशब्याक दिइनेछ।
-
300 NK मोडेलको पुरानो मूल्य रु. ७,०५,००० भए पनि अहिले रु. ६,५५,००० मा बुकिङ गर्न सकिने छ। यसमा रु. ५० हजार कैशब्याक पाइनेछ।
त्यसका साथै कम्पनीले एक्स्पोमा नयाँ 450 SR स्पोर्ट्स मोडेल पनि सार्वजनिक गरेको छ, जसको मूल्य रु. १३,५०,००० तोकिएको छ।
सिएफमोटो विश्वभरका प्रिमियम मोटरसाइकलका लागि चिनिने ब्रान्ड हो।
यसको स्पोर्ट्स, एड्भेन्चर र नेकेड सेग्मेन्टका मोडेलहरूमा 250 NK, 300 NK, 450 NK, 450 SRS, 450 MT, 675 NK, 675 SRS, र 800 MT उपलब्ध छन्।
Post Views: 178