चेतक ईभीको “वाइब नै बेग्लै छ” गीत सार्वजनिक

नेपाली बजारमा भर्खरै प्रवेश गरेको चेतक ईभीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो आधिकारिक एन्थम गीत “वाइब नै बेग्लै छ” सार्वजनिक गरेको छ।

ब्रान्ड एम्बेसडर तथा गायक–गीतकार नितेश जुंग कुँवरद्वारा प्रस्तुत गीत अगस्त ८ मा भृकुटीमण्डपस्थित हॉल बी, स्टल R3B मा सार्वजनिक गरिएको हो।

यो गीतले चेतक ईभीको “फुली लाइफप्रुफ” पहिचानलाई झल्काउँदै यसको सम्पूर्ण मेटल बॉडी, पानी र धुलो प्रतिरोधक क्षमता (IP67) र स्मार्ट सुविधाहरूलाई उजागर गरेको छ।

कार्यक्रमका क्रममा गोल्छा समूहका मार्केटिङ प्रमुख अमित राज चालिसेले चेतक ईभीलाई स्वतन्त्रता र व्यक्तिगत पहिचानको प्रतीकको रूपमा वर्णन गर्दै यस गीतलाई युवापुस्तासँग सीधै जोड्ने प्रयास भएको बताए।

१५३ किमि दायरा, द्रुत चार्जिङ र नेभिगेशन, म्युजिक कन्ट्रोल, कल अलर्टजस्ता सुविधासहित चेतक ईभीले प्रदर्शन मात्र नभई जीवनशैली र प्रविधि बीचको पुलको रूपमा आफ्नो स्थान बनाइरहेको छ।

एक्स्पो साउन २५ गतेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *