Skip to content
बजाज ब्रान्डले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर “बजाज चेतक ३५०१” नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीमार्फत यो स्कुटर भित्रिएको हो।

भारतबाहेक अन्य देशमा पहिलोपटक नेपालमै यो मोडेल सार्वजनिक भएको हो, जसले बजाज ब्रान्डप्रति नेपाली उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाएको छ।
यस स्कुटरमा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा १५३ किलोमिटरसम्म रेन्ज दिन सक्छ।

यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिबाट ३ घण्टामा ८०% चार्ज गर्न सकिन्छ, जुन दैनिक यात्रुहरूका लागि उपयोगी छ।
नेपालको भौगोलिक अवस्था र मौसमअनुकूल यो स्कुटर फुल मेटल बडी र IP67 वाटर/डस्ट रेसिस्टेन्स सहित डिजाइन गरिएको छ।
🔧 प्रमुख विशेषताहरू:
-
३५ लिटरको अन्डर–सिट स्टोरेज (फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण)
-
स्मार्ट टीएफटी टचस्क्रिन
-
नेभिगेसन, म्युजिक कन्ट्रोल, कागजात स्टोरेज, कल ह्यान्डलिङ
-
जिओ–फेन्सिङ, रिमोट इम्मोबिलाइजेसन, एन्टी–थेफ्ट अलार्म, गाइड–मी–होम लाइट्स, एक्सिडेन्ट डिटेक्सन
यसको मूल्य रु. ३,२४,९०० तोकिएको छ। स्कुटरलाई काठमाडौंको नक्सालस्थित बजाज कस्टमर एक्सपेरियन्स जोनमा अवलोकन र टेस्ट राइड गर्न सकिनेछ।

साथै, आगामी साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा समेत यो स्कुटर प्रदर्शनीमा राखिने कम्पनीले जानकारी दिएको छ।
Post Views: 370