बबरमहल र मीनभवनमा बन्दैछन् आकाशे पुल

सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ।

पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्टाएको छ।

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ भने मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्टाएको छ ।

हाल आकाशे पुल नहुँदा दुवै ठाउँमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *