जीपको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई  मङ्गलबार राति ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *